नवलपुर
लगातार ३ घण्टादेखि नवलपुरमा भारी वर्षा, बेलुकासम्मै सतर्कता अपनाउन आग्रह
०

काठमाण्डौ, साउन १७ –
नवलपुरमा अहिले ठूलो पानी परिरहेको छ ।
पछिल्लो तीन घण्टामा नवलपुरको अरुण बतासा वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको नेपाल बाढी सूचनाले जनाएको छ ।
अरुणखोला लगायतका स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा बेलुकासम्म नै सतर्कता अपनाउन विभागले जनाएको छ । नारायणी नदीमा पनि आज ठूलो बाढी आएकाले सतर्कता अपनाउन विभागले बिहानै सूचना जारी गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























