नवलपुर
नवलपुरका सरकारी वकिलले लिए ४ घण्टा लगाएर पल शाहको वयान
०

नवलपुर,फागुन २५-
जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहको आज कावासोतीमा सरकारी वकिलले ४ घण्टा लगाएर वयान लिएका छन् । आज इलाका प्रहरी कार्यालय गैडाकोटबाट कावासोतीको सरकारी वकिलको जिल्ला कार्यालयमा ल्याएर वयान लिइएको हो ।
उनलाई गीतको छायांकनको क्रममा नवलपुरको गैडाकोटमा रहेको गैडाकोट रिसोर्टमा बालिका बलत्कारको अभियोगमा नवलपुरमा उजुरी परेको छ । सोही उजुरीको आधारमा नायक पल शाहलाई इलाका प्रहरी कार्यालय गैडाकोट झिकाई प्रहरी र सरकारी वकिलले वयान लिएको हो ।
पललाई हतकडी लगाएर ल्याएको थियो । उनी विरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्धा चलिरहेको छ । उनलाई दोस्रो पटक १२ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान अगाडि बढाइ रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























