नवलपरासी

नवलपरासीमा २० लाख रुपैयाँ लुटपाट गर्न साथीबाटै हत्या

Banner

कावासोती,माघ २७-

गत माघ ८ गते नवलपरासीको रामग्राम नगरपालिका ९ पिपरहिया र जोकवारी सडक खण्डमा हत्या गरी फालिएका अवस्थामा भेटिएका विजय चौधरीको हत्यारालाई प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

कपिलवस्तु जिल्लाको सुद्धोधन गाउँपालिका वडा नं. १ उच्डीहवा नागरिकतामा ठेगाना रहेको र हाल काठमाडौं महानगरपालिका वडा नं. २७, असनमा भाडा वर्तन एवम् हार्डवयर व्यवसाय गर्ने ३५ बर्षीय विजय चौधरीको हत्या भएको थियो ।

चौधरीको हत्यामा रामग्राम नगरपालिका ५ ड्राइभर टोल बस्ने ३७ बर्षीया राजु साह भनिने मञ्जुर आलम देवान र उनीकी श्रीमती ३५ बर्षीया हदिसुन नेसालाई प्रहरीले पक्राउ गरेको हो । चौधरीको हत्या गरी शवलाई सडक किनारामा लगी फालिएको अवस्थामा भेटिएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार विजयको साथमा रहेको २० लाख रुपैयाँ लुटपाट गर्ने उद्देश्यले विजयको हत्या गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>