खेलकुद

चितवन जिल्ला लिग : चार चरण सकिँदा यस्तो छ अंक तालिका

Banner

चितवन, माघ २-

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगको चौथो चरणका खेलहरु सम्पन्न भएको छ । चौथो चरणका खेलहरु बिहीबार सम्पन्न भएको हो ।

आज (आइतबार) बाट पाँचौ चरणका खेलहरु सुरु हुनेछ । आज पाँचौ चरणको एक मात्र खेल हुनेछ । पाँचौ चरणको पहिलो खेलमा दिउँसो ३ बजे नारायणी मोटर्स युनिक क्लब बसेनी र वातासिनो जि ब्वाइज गीतानगर भिड्नेछन् ।

चार चरण सकिँदा यस्तो छ अंक तालिका

जिल्ला लिगमा १३ टोली सहभागि छन् । सहभागि टिमलाई दुई समूहमा बिभाजन गरिएको छ । समूह ुएु मा सात टोली छन् भने ुबीु मा ६ टोली रहेका छन् ।

चार चरणको खेल सकिँदा केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) समूह एु को शिर्ष स्थानमा छ । उसले चारै खेलमा जित हात पार्दै तालिकामा १२ अंक बनाएको छ । बिएफसी जारी लिगमा शतप्रतिशत नतिजा निकाल्ने एक मात्र टिम हो ।

यही समूहको दोस्रो स्थानमा साबिक बिजेता सौराहा युवा समाज रहेको छ । लिगमा अपेक्षित सुरुवात गर्न नसकेको सौराहाको चार खेलबाट ६ अंक भएको छ । सौराहा जारी लिगमा अपराजित रहे पनि सुरुवाती तीन खेलको नतिजा भने सुखद भएन । सौराहा सुरुवाती तीन खेलमा बराबरीमा रोकिएको थियो । उसले लिगका चार मध्ये एक खेलमा मात्रै जित हात पारेको छ ।

पानस युवा क्लब यही समूहको तेस्रो स्थानमा छ । उसले खेलेका ३ खेल मध्ये एकमा जित, एकमा हार व्यहोरेको छ भने एक खेल बराबरीमा सकिएको छ । तालिकामा पानसको ४ अंक छ । समान अंक भए पनि माडी ११ हेड टु हेडमा पछि पर्दै चौथो स्थानमा छ । चार खेल खेलेको माडीले एक खेलमा जित हार पार्दा अर्को खेल बराबरीमा रोकिएको थियो । माडीले लिगमा दुई खेलमा पराजय भोगेको छ ।

तीन खेल खेलेको नारायणगढ फुटबल क्लब ९एनएफसी० २ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । एनएफसी दुई खेलमा बराबारी रोकिएको छ भने एक खेलमा पराजित भएको छ । समान खेलबाट समान अंक बनाएको युनिक क्लब बसेनी हेड टु हेडका आधारमा छैटौं स्थानमा छ । यो समूहबाट जि ब्वाइज गीतानगर रेलिगेसन जोनमा छ । तालिकामा उसको एक अंक मात्रै छ । तीन मध्ये एक खेलमा बराबरीमा रोकिएको गीतानगर दुई खेलमा पराजित भएको छ ।

समूह ुबीु को शिर्ष स्थानमा सेन्ट्रल कलेज एभरेष्ट क्लब बसेनी छ । निकै प्रतिस्पर्धात्मक देखिएको यो समूहमा एभरेष्टको चार खेलबाट ९ अंक भएको छ । एभरेष्टले चार मध्ये तीन खेलमा जित हात पार्दा एक खेलमा पराजित भएको छ ।

समान अंक रहेको साबिक उपबिजेता रामपुर फुटबल क्लब रड्स हेड टु हेडमा पछि पर्दै तालिकाको दोस्रो स्थानमा छ । रामपुरले पनि चार मध्ये तीन खेलमा जित हात पार्दा एक खेलमा पराजय भोगेको छ ।

जारी लिगमा अप्रत्यासित प्रदर्शन गरिरहेको यात्रा ग्रुप भरतपुर तालिकाको तेस्रो स्थानमा छ । यात्राले चार खेलबाट ७ अंक बनाएको छ । उसले चार मध्ये दुई खेलमा जित हात पार्दा एक खेल बराबरीमा रोकिएको छ । एक खेलमा भने यात्रा पराजित भएको छ ।

यात्राले दुबै खेल तुलनात्मक रुपमा बलियो मानिएको टोलीविरुद्ध जितेको छ । अंक तालिकाको शिर्ष दुईमा रहेका रामपुर र एभरेष्टलाई यात्राले स्तब्ध पारेको थियो । रामपुर र एभरेष्टले लिगमा एक एक खेल हारेका छन् । यि दुबै ्टोली यात्रासँग पराजित भएका हुन् ।

कमजोर सुरुवात गरेको नारायणी अंक तालिकाको चौथो स्थानमा छ । पहिलो खेलमा नै फराकिलो हार व्यहोरेको नारायणीको चार खेलबाट ६ अंक छ । दुई खेलमा बिजयी भएको नारायणी समान दुई खेलमा भने पराजित भएको छ ।

बलियो आँकलन गरिएको हर्दी युवा समाज तालिकाको पाँचौ स्थानमा छ । अपेक्षित प्रदर्शन गर्न नसकेको हर्दीले चार खेलबाट ४ अंक नै बनाएको छ । एक खेल जितेको हर्दी एक खेलमा बराबरीमा रोकिएको छ । दुई खेलमा भने हर्दी पराजित भएको छ ।

फिनिसिङमा कमजोर देखिएको एस्ट्रल युथ सोसाइटी यो समूहबाट रेलिगेसनमा परेको छ । चार खेल खेलिसक्दा एस्ट्रल अझै अंकबिहिन छ । एस्ट्रल अहिलेसम्मका चारै खेलमा पराजित भएको छ । जारी लिगमा अहिलेसम्म अंकबिहिन हुने एस्ट्रल एक मात्र टोली हो । एस्ट्रलले लिगमा अब एक खेल मात्र खेल्न बाँकी छ । उक्त खेलको कुनै पनि नतिजाले एस्ट्रलमा रेलिगेसनबाट जोगाउने छैन ।

चार चरणमा ७१ गोल

लिगमा चार चरणका खेल सकिँदा ७१ गोल भएका छन् । समूह एु बाट ३६ तथा ुबीु बाट ३५ गोल भएका छन् । सबै भन्दा धेरै गोल गर्ने टिमहरु बिएफसी र एभरेष्ट हुन् । दुबै समूहका शिर्ष स्थानमा रहेका यि दुई टोलीले अहिलेसम्म समान १३-१३ गोल गरेका छन् । तर बिएफसीले एक गोल मात्रै खाँदा एभरेष्टले चार गोल खाएको छ ।

रामपुरले आठ, सौराहा र माडीले समान ६-६, यात्रा, नारायणी र हर्दीले समान चार(चार, पानस, युनिक र जि ब्वाइजले समान तीन(तीन तथा एनएफसी र एस्ट्रलले समान दुई-दुई गोल गरेका छन् ।

जारी लिगमा सब भन्दा धेरै गोल खाने टिम एस्ट्रल हो । उसले अहिलेसम्म १२ गोल खाएको छ । सबै भन्दा कम गोल खाने टिम बिएफसी हो । उसले अहिलेसम्म एक गोल मात्रै खाएको छ । लिगमा १०० औं गोल गर्ने खेलाडीलाई बिशेष पुरस्कारको व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>