खेलकुद

गीतानगरलाई हराउँदै सौराहा तालिकाको दोस्रो स्थानमा उक्लियो

Banner

चितवन, पुस ३०-

सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा सौराहा युवा समाजले पहिलो जित हात पारेको छ ।

आज (शुक्रबार) भएको पहिलो खेलमा साबिक बिजेता सौराहाले वातासिनो जि ब्वाइज गीतानगरलाई ३-२ ले पराजित गर्‍यो । प्रतिस्पर्धात्मक खेलमा सौराहालाई जिताउन रबिन दराई, प्रताप भट्ट र सन्तोष कोइरालाले गोल गरे । गीतानगरका सोमबहादुर श्रेष्ठ र पदमबहादुर नेपालीले एक-एक गोल फर्काए ।

सौराहाले खेलको पाँचौ मिनेटमा नै अग्रता लिएको थियो । रबिन दराईले गोल गर्दै सौराहालाई सुरुवाती अग्रता दिलाएका थिए । १८ औं मिनेटमा गीतानगरले गोल फर्कायो । गीतानगरका सोमले गोल गर्दै खेलमा १-१ को बराबरी गरे । पहिलो हाफमा नै सौराहाले फेरि अग्रता लियो । २६ औं मिनेटमा मैदान प्रवेश गरेका प्रतापले ३९ औं मिनेटम सुन्दर गोल गर्दै सौराहालाई २-१ को अग्रता दिलाए ।

दोस्रो हाफमा दुबै टोलीले एक(एक गोल गरे । ५५ औं मिनेटमा मैदान प्रवेश गरेका सन्तोषले ५७ औं मिनेटमा गोल गर्दै सौराहाको अग्रता ३-१ मा पुराए । ६१ औं मिनेटमा गीतानगरले गोल गर्‍यो । सौराहाका कप्तान अनिल महतोले गीतानगरका खेलाडीलाई डिबक्स भित्र फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । प्राप्त अवसरमा पदमले गोल गरे । खेलको अन्तिम समयमा प्राप्त केहि अवसर सदुपयोग गर्न नसल्दा गीतानगर पराजित भयो ।

खेलको म्यान अफ दि म्याच सौराहाका प्रताप भट्ट चुनिए । यो जितसँगै सौराहा समूह ए को दोस्रो स्थानमा उक्लिएको छ । उसको ४ खेलबाट ६ अंक भएको छ । यो हारपछि गीतानगरलाई भने रेलिगेसनको खतरा भएको । समान खेल खेलेको गीतानगरको एक अंक छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>