राजनीति

घनश्याम भुसालद्धारा एमाले उपाध्यक्षको उम्मेदवार

Banner

काठमाडौं,मंसिर १०-

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले १०औं महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्। शुक्रबारदेखि चितवनमा सुरु भएको महाधिवेशनका लागि भुसालले उपाध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका हुन्।

भुसालले यसअघि वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्षको उम्मेदवार बन्ने तयारी गरेको बताएका थिए। आफ्नो टिमका सदस्यहरुसँगको सल्लाहमा अब उपाध्यक्षको उम्मेदवार बन्ने निधो गरेको भुसालले बताए।

एमाले महाधिवेशनको बन्दसत्र शनिबार बिहान सुरु हुँदैछ। त्यसपछि मात्र एमालेको नयाँ नेतृत्वका लागि विभिन्न पदमा मनोनयन हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>