राजनीति

एमालेको नेतृत्वमा केपी ओलीको विकल्प छैनः प्रदीप ज्ञवाली

Banner

काठमाडौं,मंसिर ८-

नेकपा (एमाले)का प्रवक्ता तथा सचिव प्रदीप ज्ञवालीले अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको जिकिर गरेका छन् । बुधबार राजधानीमा आयोजित साइबर सर्कल घोषणा कार्यक्रममा उनले १०औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन हुने पनि दाबी गरे ।

“निसन्देह नेकपा एमालेको मात्रै होइन, सिंगो देशको नेताको रूपमा केपी ओलीको कुनै विकल्प छैन । मेरो पूर्ण विश्वास छ १०औँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मतका साथ उहाँको नेतृत्वलाई अघि बढाउने छ ।” ओली राष्ट्रिय राजनीतिको केन्द्रमा पार्टीलाई स्थापित गर्न सफल भएको पनि उनले बताए । एमालेको महाधिवेशन १०–१२ गतेसम्म चितवनमा हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>