देश/प्रदेश
बसको ठक्करबाट माओवादी केन्द्र रुपन्देही इञ्चार्ज बन्जाडेको मृत्यु
०

बुटवल, मंसिर ८-
रुपन्देहीको जितगढीमा गएराति बसले ठक्कर दिंदा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्जको मृत्यु भएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएका रामप्रसाद बन्जाडे (टंकमणि) को उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
दाङबाट बुटवल फर्कदै गर्दा ना ७ ख ९०६ नम्बरको बसले बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई गएराति साढे ९ बजेतिर ठक्कर दिंदा उनी घाइते भएका थिए ।
ठक्करबाट घाइते भएका बन्जाडेको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारको क्रममा बुधबार बिहान ६ बजे मृत्यु भएको नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जीसीले जानकारी दिए ।
दाङमा घाइते अपाङ्गहरुको बैठकमा सहभागी भएर फर्किंदै गर्दा उनलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बसले ठक्कर दिएको थियो ।
ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























