अन्तर्राष्ट्रिय

सुरक्षा सहकार्य थप वृद्धि गर्ने भारत र फ्रान्सबीच सहमति

Banner

नयाँ दिल्ली । भारत र फ्रान्सले आफ्नो द्विपक्षीय सुरक्षा र रक्षा सहकार्यलाई थप वृद्धि गर्ने सहमति गरेका छन्। दुई मुलुकले गुप्तचरलाई बलियो बनाउने र सूचनाको आदानप्रदान तथा संयुक्त सैन्य अभ्यास, जल, अन्तरीक्ष र साइबर क्षेत्रमा नयाँ अवधारणा विकास गरी सुरक्षा क्षेत्रलाई मजबुत बनाउने सहमति भएको हो।

भारत र फ्रान्सबीचको संयुक्त रणनीतिक वार्ताका क्रममा फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनका कूटनीतिक सल्लाहकार इम्यानुअल बोनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भिजन आत्मनिर्भर भारत अभियानलाई सफल बनाउनका लागि सहयोग गर्ने बताएका हुन्।

भारतको रक्षा उद्योगलाई सुधारका लागि फ्रान्सले सक्दो सहयोग गर्ने बताएको हो। पेरिसस्थित भारतीय दूतावासका अनुसार दुई मुलुकबीच विश्वव्यापी मामिलामा विकसित घटनाक्रमहरुको विषयमा पनि सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ। भारत र फ्रान्सले इण्डो प्यासिफक क्षेत्रको सुरक्षाका लागि पनि एकअर्को मुलुकलाई सहयोग गर्ने सहमति भएको बताइएको छ।

भारतले ईयूको इण्डोप्यासिफिक रणनीतिलाई पनि स्वागत गरेको र ईयूमा आगामी दिनमा फ्रान्सको नेतृत्व होस् भन्ने चाहेको पनि बताइएको छ। सन् २०२२ को पहिलो छ महिनामा हुने ईयूको नेतृत्वको निर्वाचनमा फ्रान्सले नेतृत्व लिएको अवस्थामा इण्डो प्यासिफिक रणनीतिका विषयमा थप पहल र ठोस निर्णय गर्न सहज हुने भारतले बताएको पेरिस्थित भारतीय दूतावासले जनाएको छ।

अस्ट्रेलियाले बेलायत र अमेरिकासँगको नयाँ गठबन्धन ओकसमा सहभागीता जनाएको दुई महिनापछि भारत र फ्रान्सबीच नयाँ गठबन्धन बनेको हो। फ्रान्सले भारतका माध्यमबाट अन्य एसियाली राष्ट्रहरुमा नजिकको सम्बन्ध विस्तार गर्न चाहेको बताइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>