राजनीति
गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
०

काठमाडौं, साउन २६-
गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रतिनिधिसभा बैठकमा गणपुरक संख्यामाथि प्रश्न उठाउँदै गणना गर्न आग्रह गरेका थिए ।
तीन मिनेटसम्म घण्टी बजाउँदा गणपुरक संख्या नपुगेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन् । सभामुख अर्यालका अनुसार, ६९ जना सांसद हुनुपर्नेमा ६१ जनामात्रै बैठकमा रहेकाले स्थगित गरिएको हो । खानीसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची थियो । यो प्रस्तावमा गणपुरक संख्या पुगेको खण्डमा सांसदहरूले ७२ घण्टाभित्र संशोधन हाल्ने समय सुरु हुन्थ्यो ।
अब अर्को बैठकमा गणपुरक संख्या पुगेपछि मात्रै यो प्रस्तावमाथिको कार्यसूची अघि बढ्नेछ । भदौ १ गते सम्मका लागि बैठक स्थगित भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























