चितवन विशेष
सीजी ल्यान्डमार्क मलमा लक्की ड्रको पुरस्कार वितरणदेखि मेहेन्दी प्रतियोगितासम्म

भरतपुर, साउन २६-
चितवनको भरतपुरस्थित सीजी ल्यान्डमार्क मलले ग्राहक केन्द्रित विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ। मलले सीजी ल्यान्डमार्क लक्की ड्र २०८२ को ग्रान्ड प्राइज हस्तान्तरण, कस्तुरी पर्फ्युमको नयाँ आउटलेट उद्घाटन तथा मेहेन्दी प्रतियोगिता आयोजना गरेको हो।
ग्राहकसँगको सम्बन्ध थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा पुरस्कार वितरण, नयाँ व्यवसायको शुभारम्भ तथा स्थानीय प्रतिभा प्रदर्शनका गतिविधि समेटिएका थिए।
लक्की ड्रका विजेतालाई पुरस्कार हस्तान्तरण
सीजी ल्यान्डमार्क लक्की ड्र २०८२ अन्तर्गतका विजेताहरूलाई भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष परमेश्वर खनालले पुरस्कार हस्तान्तरण गरे।
लक्की ड्रमार्फत गोल्ड क्वाइन, एलईडी टिभी, वासिङ मेसिन र स्कुटरलगायतका पुरस्कार प्रदान गरिएको थियो। ग्रान्ड प्राइजअन्तर्गत गैंडाकोट–४ की समिता घिमिरेले ग्क्एक्इ बाट खरिद गरी गोल्ड क्वाइन जितेकी छन्। त्यस्तै, भरतपुर–११, जागृति चोकका नायब सुब्बा पदमप्रसाद पोखरेलले डुल्ला स्टोरबाट खरिद गरी एलईडी टिभी जितेका छन्।
यसैगरी, सीजी डिजिटलबाट खरिद गरेका नरबहादुर गुरुङले वासिङ मेसिन तथा आहाना ट्रेडिङबाट खरिद गरेकी माया सापकोटाले स्कुटर प्राप्त गरेकी छन्। लक्की ड्रका केही विजेताले आफ्नो सक्कली कुपन हराएको अवस्था भए पनि मल व्यवस्थापनले उपलब्ध अभिलेख तथा आवश्यक प्रमाणीकरणका आधारमा विजेताको पहिचान गरी पुरस्कार हस्तान्तरण गरेको जनाएको छ।
कस्तुरी पर्फ्युमको नयाँ आउटलेट उद्घाटन
कार्यक्रमकै अवसरमा सीजी ल्यान्डमार्क मलमा कस्तुरी पर्फ्युमको नयाँ आउटलेटसमेत उद्घाटन गरिएको छ। भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष परमेश्वर खनालले पर्फ्युम आउटलेटको औपचारिक उद्घाटन गरेका हुन्। कस्तुरी पर्फ्युमको आगमनसँगै मलमा ग्राहकका लागि पर्फ्युम तथा लाइफस्टाइलसम्बन्धी सामग्रीको थप विकल्प उपलब्ध भएको मल व्यवस्थापनले जनाएको छ।
२३ प्रतिस्पर्धीबीच मेहेन्दी प्रतियोगिता
कार्यक्रममा आयोजित मेहेन्दी प्रतियोगिताले समेत दर्शक तथा ग्राहकको ध्यान आकर्षित गरेको थियो। स्थानीय मेहेन्दी कलाकारहरूको सिर्जनशीलता र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा २३ जना प्रतिस्पर्धी सहभागी भएका थिए। प्रत्येक प्रतिस्पर्धीसँग एक–एक जना मोडल सहभागी भएकाले कार्यक्रममा ३० जनाभन्दा बढीको प्रत्यक्ष सहभागिता रहेको थियो।
प्रतियोगितामा कस्तुरी पर्फ्युम टाइटल स्पोन्सर, फेसियल हाउस को–स्पोन्सर, फ्लाइओभर इन्टरटेनमेन्ट १८ डि एसोसिएट स्पोन्सर तथा शाविभ नेल स्टुडियो सपोर्टिङ पार्टनरका रूपमा रहेका थिए।
प्रतियोगिताको प्रमुख अतिथिका रूपमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल, भरतपुर महानगरकी अध्यक्ष मीरा लामिछाने सहभागी थिइन्।
प्रतियोगितामा ममता थापा प्रथम हुँदै १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्। नितु गुरुङले दोस्रो स्थान हासिल गर्दै १० हजार रुपैयाँ तथा सगुन चौधरीले तेस्रो स्थान हासिल गर्दै ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।
ग्राहकसँग जोडिने गतिविधिलाई निरन्तरता
सीजी ल्यान्डमार्क मलले यस्ता कार्यक्रममार्फत व्यापारिक गतिविधिसँगै मनोरञ्जन, स्थानीय प्रतिभा, व्यवसाय तथा समुदायसँगको सम्बन्धलाई समेत प्राथमिकता दिँदै आएको जनाएको छ।
कार्यक्रमको समन्वय सीजी ल्यान्डमार्क मल, भरतपुर–१० का सेल्स एन्ड मार्केटिङ एक्जिक्युटिभ प्रज्वल पौडेलले गरेका थिए। उनले कार्यक्रमका प्रायोजक, सहभागी, अतिथि तथा व्यवस्थापन पक्षबीच समन्वय गर्दै कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
कार्यक्रमको मिडिया पार्टनरका रूपमा नारायणी अनलाइन तथा सीजी ल्यान्डमार्क मलको मार्केटिङ टिमले कार्यक्रमको प्रचारप्रसार तथा मिडिया कभरेजमा सहकार्य गरेका थिए।
लक्की ड्र, प्रतियोगिता, नयाँ आउटलेट उद्घाटनलगायत ग्राहक सहभागितामूलक कार्यक्रममार्फत सीजी ल्यान्डमार्क मलले आफूलाई केवल किनमेल गर्ने स्थानका रूपमा मात्र नभई मनोरञ्जन, उत्सव, स्थानीय प्रतिभा, व्यवसाय तथा सामुदायिक सहभागिताको साझा प्लेटफर्मका रूपमा विकास गर्दै लगेको जनाएको छ।

























