चितवन विशेष

चितवनको कयर खोला किनारमा एक पुरुष मृत फेला

Banner

चितवन, साउन २६—

चितवनको खैरहनी नगरपालिका–१ स्थित कयर खोलाको किनारमा मंगलबार बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

अन्दाजी ११ः४५ बजे खोलाको पानीमा पुरुष व्यक्ति मृत अवस्थामा रहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीले घटनास्थल पुगी प्रारम्भिक सोधपुछ तथा बुझबुझारथ गर्दा मृतकको पहिचान खुलेको छ। मृत्यु हुनेमा जिल्ला चितवन, रत्ननगर नगरपालिका–१४ लालिगुँरास टोल बस्ने ६८ वर्षीय होम बहादुर परियार रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>