चितवन विशेष

मेघौलीमा बाघको आक्रमणमा परेका बृद्धको शव फेला

Banner

भरतपुर, साउन २६-

चितवनको भरतपुर महानगरपालिका–२८ स्थित मेघौलीमा बाघको आक्रमणबाट ६५ बर्षीय मङ्गले बोटेको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका अनुसार, राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वनमा मंगलबार बिहान आठ भरतपुर महानगरपालिका–२८का जितपुरका बोटेलाई बाघले आक्रमण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले मनिङवाकमा गएको समयमा बाघले आक्रमण गरेको बताए पनि निकुञ्ज प्रशासनले मनिङवाकमा गएको भनेर पुष्टि गर्ने आधार नभएको दाबी गरेको छ ।
‘मनिङवाक गर्ने मानिसहरु वनमा जाँदैन । दुर्घटना स्थल कोर इलाका नजिक पर्छ ।’निकुञ्जका सूचना अधिकारी अभिनास थापामगरले भने ‘निकुञ्ज जस्तो क्षेत्रमा मनिङवाक गर्न गएजस्तो लाग्दैन।’ बाघको आक्रमणबाट बेपत्ता भएका उनको शव चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा दिउँसो ४ः२० बजेको समयमा फेला पारेको हो ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट दुई बर्षपछि मृत्यु भएको घटना पहिलो पटक हो । आर्थिक वर्ष २०८२/०८३मा बाघको आक्रमणबाट निकुञ्जको कोर इलाका पर्ने क्षेत्रमा घाँस काट्न गएकी एक महिलाको मृत्यु भएको थियो । निकुञ्ज क्षेत्रमा सो वर्ष वन्यजन्तुको आक्रमणबाट तीन जनाको मात्र मृत्यु भएको थियो । सोही वर्ष ३३ जना मानिस वन्यजन्तुको आक्रमणबाट घाईते भएको निकुञ्जको तथ्यांकमा उल्लेख छ । यस्तै आ.व.२०८१/२०८२मा बाघको आक्रमणबाट एक जना घाइते भएका थिए । सो वर्ष वन्यजन्तुको आक्रमणबाट १० जनाको मृत्यु हुँदा ४१ जना घाइते भएको निकुञ्जको तथ्यांकमा उल्लेख छ । बाघको आक्रमणबाट एक जना घाइते भएका छन् ।

आ.व.२०८०/०८१मा भने बाघको आक्रमणबाट ३ जनाको मृत्यु भएको थियो भने ६ जना घाईते भएका थिए । सो वर्ष वन्यजन्तुबाट दश जनाको मृत्यु भएको थियो भने ४७ जना घाईते भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>