चितवन विशेष

भरतपुरको सफल मोटर्सले बजारमा ल्यायो नयाँ संस्करणको टाटा पन्च ईभी कार

Banner

पवन पण्डित
चितवन साउन २६–

चितवनको भरतपुरमा रहेको सफल मोटर्स प्रा।लि।ले टाटा मोटर्सको लोकप्रिय विद्युतीय एसयूभीको नयाँ संस्करणको कार बिक्री तथा वितरण गर्न सुरु गरेको छ ।
आज भरतपुरमा एक कार्यक्रमको आयोजनागरी टाटा पन्चको ईभी कार बिक्री तथा वितरण गर्न थालिएको हो । नयाँ संस्करणको टाटा पन्च ईभीको बिक्री वितरण शुभारम्भ नारायणगढ जेसीजका अध्यक्ष सन्तोष पण्डित र सफल मोटर्स प्रा।लि।का अध्यक्ष गोपाल भट्टराईले संयुक्त रूपमा गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै सफल मोटर्सका अध्यक्ष गोपाल भट्टराईले नेपाली ग्राहकहरूको बदलिँदो आवश्यकता र विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै नयाँ संस्करणको टाटा पन्च ईभी बजारमा ल्याइएको बताउनुभयो । उहाँले आधुनिक प्रविधि, आकर्षक डिजाइन, उत्कृष्ट ड्राइभिङ अनुभव तथा दैनिक प्रयोगका लागि उपयुक्त विशेषताका कारण पन्च ईभी नेपाली बजारमा थप लोकप्रिय बन्ने विश्वास व्यक्त गर्नुभयो ।

सफल मोटर्सले नयाँ संस्करणको टाटा पन्च ईभी विभिन्न ब्याट्री क्षमता र भेरियन्टमा उपलब्ध गराएको छ। यस कारलाई ३३ लाख ९९ हजारबाट ३७ लाख ९९ हजारसम्म पर्ने जानाकारी दिइएको छ । सफल मोटर्सले टाटा विद्युतीय सवारीका ग्राहकलाई बिक्रीसँगै विश्वसनीय सर्भिस, जेन्युइन स्पेयर पार्ट्स, प्राविधिक सहयोग तथा ग्राहक सेवामा विशेष प्राथमिकता दिँदै आएको जनाएको छ। नयाँ टाटा पन्च ईभी तथा टियागो ईभीका बारेमा विस्तृत जानकारी, टेस्ट ड्राइभ तथा बुकिङका लागि सफल मोटर्स प्रा।लि।, भरतपुर–१०, चितवनमा सम्पर्क गर्न सकिने बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>