खेलकुद

कैलाश कप सेभेन ए साइड फुटबल भोलिदेखि

Banner

चितवन, कार्तिक १० –

कैलाश कप सेभेन ए साइड फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ । कैलाश युथ क्लब भरतपुर ११ को आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा चितवन, नवलपरासी र मकवानपुरका विभिन्न ३२ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । दुबै समूहबाट एक–एक टोली फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा सर्वश्रेष्ठ नारायणी र वनदेवी क्लब भिड्ने छन् । खेल दिउँसो १२ बजे कैलाश क्लबको मैदानमा हुनेछ । फाइनल खेल १७ गते हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ४२ हजारसहित ट्रफी प्राप्त गर्नेछ । उपविजेताले २२ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताको खेल संयोजक सबिन अधिकारीले जानकारी दिए । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ तथा सहप्रायोजकमा नव जागृति सामुदायिक वन रहेका छन् ।

कोभिडले थलेको खेल क्षेत्रलाई चलायमान बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष किरण मरहट्ठाले बताए । प्रतियोगिताबाट स्थानीय खेलाडीहरुलाई आफ्नो खेल कौशल प्रस्तुत गर्न अवसर मिल्ने विश्वास लिईएको उनको भनाइ छ । दुई संस्करणको भरतपुर मेट्रो कप आयोजना गरिसकेको क्लबले यस पटक स्थानीय खेलाडीलाई प्रोत्साहनका लागि सेभेन ए साइड फुटबल आयोजना गरेको बताईएको छ । तेस्रो संस्करणको मेट्रो कप यसै वर्षको अन्त्य तिर गरिने अध्यक्ष मरहट्ठाले जानकारी दिए ।

प्रतियोगिताका मुख्य प्रायोजक सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ बिलास पौडेल (वाईवि) ले फुटबलको बिकासका लागि सहकार्य गर्न आफुहरु सधैं तयार रहेको बताए । सह प्रायोजक नव जागृति सामुदायिक वनका अध्यक्ष देव गुरुङले यस किसिमको प्रतियोगिताले स्थानीय खेलाडीको क्षमता बिकासमा सहयोग पुग्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>