राजनीति

सरकारले कामको स्पीड तिहारपछि मात्र बढाउँछः मन्त्री श्रेष्ठ

Banner

रुपन्देही,कार्तिक ४-

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान‍‍’ले तिहारपछि सरकारले कामको स्पीड बढाउने बताएका छन । मन्त्रिपरिषद् विस्तारलगत्तै चाडपर्वहरु भित्रिसकेकाले सरकारले कामको स्पीड तिहारपछि मात्र बढाउने उनले बताए ।

बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले तिहारपछि देखिने गरी काम गर्ने र जनताले समेत सरकार भएको महशुस गर्ने दावी गरे । उनले वैदेशिक रोजगारलाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा आफू गम्भीर रहेको बताए ।

मन्त्री श्रेष्ठले सिंगो कार्यकालमा के गर्ने भन्नेमा कार्य योजना बनाएको भन्दै बिदेश जानुपर्ने बाध्यता अहिले पनि रहेकाले श्रमको उचित मूल्यसंगै वैदेशिक रोजगारलाई सुरक्षित बनाउन आफू लाग्ने बताएका छन् । नेकपा एकीकृत समाजबादीका नेतासमेत रहेका श्रेष्ठले श्रमिकहरुलाई खोपको प्रबन्ध छिटो हुने समेत दावी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>