देश/प्रदेश
हाम्रो कला, संस्कृति, मौलिक परम्परा र सामाजिक सद्भाव सधैँ जीवन्त रहिरहोस्: उपसभामुख

काठमाडौं ,कात्तिक २३ –
उपसभामुख रुबीकुमारीले नेपालीहरूको मौलिक संस्कृति, परम्परा र आपसी सद्भावको प्रतीकका रूपमा रहेको तिहार, लक्ष्मीपूजा तथा भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबैलाई शुभकामना व्यक्त गरेकी छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत उनले तिहारले नेपाली समाजमा आपसी प्रेम, विश्वास, आत्मीयता र सद्भावलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेकी हुन् । उनले माता लक्ष्मीको कृपाले प्रत्येक घरपरिवारमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य छाउने कामना गरिन् ।
उनले लेखेकी छन्, ‘माता लक्ष्मीको कृपाले प्रत्येक घरपरिवारमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य छाओस् । दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयता अझ प्रगाढ बनोस् । हाम्रो कला, संस्कृति, मौलिक परम्परा र सामाजिक सद्भाव सधैँ जीवन्त रहिरहोस् । यी पर्वहरूले सबैको जीवनमा नयाँ उमङ्ग, आशा, उत्साह र सकारात्मक ऊर्जा प्रदान गरून् ।’
त्यस्तै, दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयता अझ प्रगाढ बनोस् भन्दै नेपाली कला, संस्कृति, मौलिक परम्परा र सामाजिक सद्भाव सधैँ जीवन्त रहिरहोस् भन्ने शुभेच्छा व्यक्त गरिन् ।
यी पर्वहरूले सबैको जीवनमा नयाँ उमङ्ग, आशा, उत्साह र सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास पनि उनले व्यक्त गरेकी छन् ।
उपसभामुख रुबीकुमारीले शुभ लक्ष्मीपूजा, शुभ दीपावली, शुभ तिहार तथा भाइटीकाको अवसरमा सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरिन् ।
























