राजनीति

एमसीसी नेपालको हितमा रहेकाले पास गर्नुपर्छः प्रधानमन्त्री देउवा

Banner

काठमाडौं,कार्तिक ३-

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्नुपर्ने बताएका छन्। एमसीसी अमेरिकाले दिएको विकास अनुदान भएकाले यो नेपालको हितमा रहेको उनको भनाइ छ।

वर्तमान संयुक्त सरकारले सय दिन पूरा गरेको सन्दर्भमा गोरखापत्र दैनिकलाई दिएको विशेष अन्तर्वार्तामा प्रधानमन्त्रीले भनेका छन्, ‘यसमा विवाद गर्नु आवश्यक छैन । यसलाई छिटो पारित गर्नुपर्छ ।’

प्रधानमन्त्री देउवाले वर्तमान सरकारलाई सम्मानित सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको समेत बताएका छन्। सर्वोच्च अदालतले संविधानको व्याख्या गरेर प्रधानमन्त्री बनाउन परमादेश र प्रतिनिधि सभाको १६५ जना सांसदको विश्वास प्राप्त गरेर जनादेश पाएको उनले स्पष्ट पारेका छन्। सङ्क्रमण अन्त्य भएर मुलुक विस्तारै लिकमा फर्किएको बताउँदै प्रधानमन्त्री देउवाले अब संविधान सुरक्षित भएको दाबीसमेत गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>