राजनीति
लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका राजकुमार लेखी एमाले प्रवेश
०

काठमाडौं,असोज १७-
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका राजकुमार लेखी नेकपा (एमाले) प्रवेश गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत रहेका लेखी गोदावरीमा जारी विधान महाधिवेशनको अन्तिम दिन एमाले प्रवेश गरेका हुन् ।
पहिलो संविधानसभा विघटन भएपछि एमाले छाडेका लेखीले आफ्नै नेतृत्वमा नेपाल नागरिक पार्टी गठन गरेका थिए । त्यसपछि उनले राजेन्द्र महतोको सद्भावना पार्टीसँग एकता गरेका थिए ।
पछिल्लो समय जनता समाजवादी पार्टी विभाजित हुँदा उनी महन्थ ठाकुर पक्षमा लागेका थिए । त्यस्तै एमाले प्रवेश गर्नुअघि उनले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























