चितवन विशेष

प्राज्ञिकको एक दिवसीय अभ्यास वर्ग विरेन्द्र क्याम्पसमा सम्पन्न

Banner

चितवन, असोज १४ –
प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल भरतपुर महानगर इकाइले एक दिवसीय अभ्यास वर्ग कार्यक्रम सम्पन्न गरेको छ ।

विरेन्द्र बहुमुखी क्याम्पसमा आज बिहीबार भएको अभ्यास कार्यक्रममा विभिन्न कलेजका विद्यार्थीहरुको प्रतिनिधित्व रहेको थियो ।

परिषद्का राष्ट्रिय सहसंगठन सचिव रमेश सापकोटाले प्रशिक्षण गरेका थिए । सापकोटाले असल व्यक्ति निर्माण गरेर राष्ट्रको पुनः निर्माण गर्ने प्राज्ञिकको महान उद्देश्यमा लाग्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रममा परिषद्की राष्ट्रिय सचिव वर्षा सापकोटा, बागमती प्रदेश उपाध्यक्ष एवम् भरतपुर महानगर इकाइ अध्यक्ष शरदचन्द्र काफ्ले, महानगर इकाइका सचिव आदर्शन सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>