चितवन विशेष

घर बहाल उपभोक्ता मञ्चको गरिमा बढाउन प्रतिवद्ध रहनेछौं : नवनिर्वाचित अध्यक्ष पराजुली

Banner

चितवन, असोज १४ –
नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनको सपथ ग्रहण तथा पद हस्तान्तरण एक कार्यक्रम सम्पन्न भएको छ ।

मञ्चको दसौं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनका निर्वाचन आयुक्त इमान्दु बरालले नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण तथा पद हस्तान्तरण गराएका हुन् ।

पदभार ग्रहण गरेसँगै नवनिर्वाचित अध्यक्ष ख्याम नारायण पराजुलीले सबैको साथ र सहयोगबाट मञ्च अघि बढ्नेमा आफू विश्वस्त रहेको बताए ।

पद हस्तान्तरणपछि मञ्चका संस्थापक अध्यक्ष एवम् वरिष्ठ सल्लाहकार हेमराज पौडेल, पूर्व अध्यक्ष एवम् सल्लाहकार दुर्गाप्रसाद गौतम, पवित्रा जोशी, सल्लाहकार शिवराज गिरी, पाण्डव ढकाल तथा निवर्तमान महासचिव रामप्रसाद पौडेल, कोषाध्यक्ष डिलाराम खरेल लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

मञ्चको दसौं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन यही असोज ४ गते भएको थियोे । जसअनुसार अध्यक्ष ख्याम नारायण पराजुली, वरिष्ठ उपाध्यक्ष लक्ष्मी कार्की, प्रथम उपाध्यक्ष दिपक पौडेल, उपाध्यक्ष गणेशप्रसाद पौडेल, महासचिव जनकलाल कट्टेल, सचिव रामबन्धु पौडेल, कोषाध्यक्ष विमला अधिकारी, सहकोषाध्यक्ष बिन्दु अधिकारी, सदस्यहरु बिनोद सापकोटा, ज्योतिप्रसाद कँडेल, दिपक ढकाल, गणेसप्रसाद उपाध्याय पौडेल , नेत्रप्रसाद शर्मा, विक्रम सापकोटा, सुरेन्द्र के.सी., बुद्धि सागर सापकोटा सर्वसम्मत रूपमा चयन भएका थिए ।

निवर्तमान अध्यक्ष हरि शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका सदस्य एवम् व्यवसायीहरुलाई सहयोग र सहजीकरण गर्ने उत्कृष्ट घरधनी ध्रुबकुमार प्रधान र उत्कृष्ट व्यवसायी सदस्य रामप्रसाद सापकोटालाई सम्मान गरिएको थियोे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>