चितवन विशेष
चितवनमा लायन्स क्लवहरु मिलेर गरे विद्यार्थीहरुको मुटु रोग परीक्षण

चितवन, असोज १३ –
चितवनमा रहेका चार वटा लायन्स क्लव मिलेर विश्व मुटु दिवसको अवसरमा विद्यार्थीहरुको मुटु रोग परीक्षण तथा मुटुको भिडियो एक्सरे गरेका छन् ।
लायन्स क्लव अफ चितवन बिटिङ हर्ट, लायन्स क्लव अफ चितवन रोयल, लायन्स क्लव अफ नारायणगढ बालकुमारी र लायन्स क्लव अफ कृष्णपुरको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
हर्ट फण्ड नेपाल र राष्ट्रिय फोक्सो तथा मुटु समाज नेपालको प्राविधिक सहयोगमा भरतपुर १९ शारदानगरमा रहेको न्यू भिजन एकेडेमीमा परीक्षण गरिएको हो ।
न्यू भिजन एकेडेमीमा अध्ययनरत कुल ७८३ जनाको स्क्रीनिङ गरिएकोमा मुटुमा समस्या भएका १७४ जनाको भिडियो एक्सरे समेत गरिएको थियो भने १० जनाको मुटुको बाथ रोग भएका विद्यार्थी समेत भेटिएका थिए ।
कार्यक्रममा लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ का डिष्ट्रिक्ट गभर्नर लायन रामप्रसाद भट्ट, डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटेरी लायन प्रभाकर पण्डित, डिष्ट्रिक्ट एक्जुकेटिभ चिफ लायन नबराज सापकोटा तथा लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ एरिया नम्बर तीनका चिफ एरिया कोअर्डिनेटर लायन बाल गोपाल चुके, लायन्स क्लव अफ चितवन बिटिङ हर्टका संस्थापक अध्यक्ष तथा वरिष्ठ मुटु रोग विशेषज्ञ प्राडा लायन श्यामराज रेग्मी, लायन्स क्लव अफ चितवन बिटिङ हर्टका द्वित्तिय उपाध्यक्ष तथा वरिष्ठ मुटु, फोक्सो तथा नशा रोग सर्जन डा. अनिल आचार्य, लायन्स क्लव अफ चितवन बिटिङ हर्टका सचिव स्वास्थ्यकर्मी लायन रामचन्द्र खत्री, डा. शोभित थापा, डा. शहिद मुर्तुजा, डा. सन्दिप दवाडी, डा. प्रशान्त पोखरेल सहितको प्राविधिक टोलिले विद्यार्थीहरुको मुटु परीक्षण गरेका थिए ।

कार्यक्रममा लायन्स क्लब अफ चितवन रोयलका संस्थापक अध्यक्ष लायन अमृतप्रसाद काफ्ले, लायन्स क्लब अफ नारायणगढ बालकुमारीका सचिव लायन शेरबहादुर पौडेल, लायन्स क्लब अफ कृष्णपुरका अध्यक्ष लायन बिनोद ढकाल लगायत भरतपुर वडा १९ का निर्वाचित जनप्रतिनिधीको समेतको उपस्थिति रहेको थियो ।



























