इच्छकामना

चितवनका चेपाङ समुदायले आज चोनाम पर्व मनाउँदै

Banner

चितवन,असोज ४-

आज चोनाम पर्व, चितवनका चेपाङ समुदायले हर्षोउल्लासका साथ मनाउँदै छन् । चोनामलाई चेपाङहरुको मुख्य पर्वमा रुपमा समेत लिइन्छ । भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि यसकोे पूजा गर्ने गरिन्छ । आजको दिन घैया धानको चामल, पिँडालु, निबुवा आदिले भूमिलाई पूजा गरी पितृलाई चढाउने गरिन्छ । चेपाङ समुदायमा नयाँ अन्न र फलफूल पितृलाई नचढाइ खाएमा देउता रिसाउँछन् भन्ने धार्मिक मान्यता छ ।

आजको दिन छरछिमेकी, नाताकुटुम्बलाई बोलाएर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गरिन्छ । राष्ट्रिय जनगणना २०६८ अनुसार चेपाङ जातिको जनसङ्ख्या ६८ हजार ३ सय ९९ जना रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>