इच्छकामना

चितवनको इच्छाकामनामा काँग्रेस र माओवादी परित्याग गरी ६१ जना एमाले प्रवेश

Banner

चितवन,असोज २-

चितवनमा नेकपा एमाले प्रवेशको लहर चलेको छ । विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नेहरुलाई जिल्लाका नेताहरुले धमाधम स्वागत गरिरहेका छन । आज (शनिवार) मात्र इच्छाकामना गाँउपालिका ६ मा काँग्रेस र माओवादी केन्द्र परित्याग गरेर ६१ जना एमाले प्रवेश गरेका छन । पार्टीको वडा भेलामा उनिहरुलाई स्वागत गरिएको हो ।

पार्टी प्रवेश गरेकाहरुलाई जिल्ला सचिव प्रकाश खनाल शैलेस लगायतका नेताहरुले टिका र खदा लगाएर स्वागत गरेका थिए । आजै वडा नम्वर छ को वडा कमिटी,युवा संघ र अखिल नेपाल महिला संघ वडा कमिटी गठन गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>