चितवन विशेष

काँग्रेस जिल्ला सचिवमा उम्मेद्वारी घोषणा गरेका पौडेल भन्छन्ः मैले सक्षम नेतृत्व प्रदान गर्न सक्छु (अन्तर्वार्ता)

  • Logo
    app haru
  • २२ भाद्र २०७८, मंगलबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, भदौ २१ –

नेपाली काँग्रेस चितवनको जिल्ला अधिवेशन नजिकिदैं छ । अधिवेशनलाई मध्यनजर गरेर धमाधम उम्मेद्वारी घोषणा भइरहेका छन । पार्टीमा योगदान पुर्‍याएर विभिन्न क्षेत्रमा काम गरेकाहरुले उम्मेद्वारी घोषणा गरेका छन । यस्तै मध्ये सञ्चार क्षेत्रका व्यक्ति पनि राननीतिमा आउन जरुरी रहेको भन्दै सचिव पदमा उम्मेद्वारीको घोषणा गरेका छन नविन पौडेलले । नारायणी अनलाइनसँग कुरा गर्दै पौडेलले सञ्चारकर्मबाट आएका मनिस पार्टीमा जाँदा पार्टीलाई धेरै नै फाइदा हुने बताए । नविन पौडेल सञ्चार उद्यमी हुन् । भरतपुर एफएम उनको लगानीमा सञ्चालित छ ।पढ्नुहोस्, उनीसँग नारायणी अनलाइनले लिएको अन्तर्वार्ताः

कांग्रेस चितवनको सचिवमा तपाईंको उम्मेद्वारी किन ?

नेपाली कांग्रेसलाई चुस्त दुरुस्त राखेर यो २१ औं शताब्दीमा प्रभावशाली र उर्जाशिल पार्टी बनाउन मैले उम्मेद्वारी दिएको हुँ ।

कार्यकर्ता माझ तपाईं ले के–के एजेण्डा प्रस्तुत गर्नु भएको छ ?

अहिले सबै कार्यकर्ताहरु प्रशिक्षणको अभावमा निरुत्साहित छन् । गाउँगाउँमा कार्यकर्तालाई प्रशीक्षणको जरुरी छ । चितवनका ९८ वडामा वडावडाको सचिवालय चलाउन पार्टी कमजोर बनेको छ । सचिव बन्ने उम्मेद्वार पाइएको छैन । सचिवले गर्नुपर्ने काम, कर्तव्य र अधिकार केहो ? भन्ने उहाँहरु अनविज्ञ हुनुहुन्छ । त्यो खालको जिम्मेवारी बोध गराउन उहाँहरुलाई सक्षम नेतृत्व दिनका आवश्यक छ । त्यसका लागि म एउटा सञ्चार उद्यम गरेको मान्छे सञ्चारकर्मबाट आएको मान्छे ।

सञ्चारक्षेत्रमा मेरो २० वर्षे अुनभव अब पार्टीमा खर्च गर्नुपर्छ । यो अनुभवले मैले पार्टीमा योगदान दिन सक्छु भनेर म आएको हुँ र उहाँहरुलाई पनि त्यस्तै किसिमले प्रशिक्षित गर्छु भनेर म अघि बढिरहेको छु ।

मिडिया सञ्चालक पार्टीमा आउँदा के फाइदा हुन्छ ?

पार्टीलाई धेरै फाइदा हुन्छ । पार्टी सञ्चारबाट अलग भएको हुँदैन । पार्टीले सञ्चार विभाग, प्रचार विभाग विभिन्न खालका चाहीँ सूचना विभाग बनाइरहेको हुन्छ । हरेक राष्ट्रिय पार्टीले त्यसलाई संवोधन गरिरहेको छ । एउटा सञ्चारकर्ममा लागि सकेकोे मान्छे सञ्चारक्षेत्र छाडेर पार्टीमा पूर्णरुपमा आउँछु भन्दा धेरै नै फाइदा हुन्छ ।

सञ्चारकर्मी भनेको अब राज्यको चौथो अंगमात्र नभएर राजनीतिमा पनि आउनुपर्छ भनेर धेरै तिर बाट आइरहेका छन् । अन्य पार्टीमा पनि हामीले त्यो कुरा देख्छौं । सञ्चारकर्ममा लागेकाहरु राजनीतिमा आएर सांसद, मन्त्री भइसकेका छन् ।

कहिलेदेखि पार्टीमा लाग्नु भयो ? कांग्रेस पार्टी नै किन ?

कांग्रेसमा लागेको त म अब जहिलेदेखि सञ्चारकर्ममा लागें त्यहिले देखि हो । कांग्रेसप्रति शुभेच्छा राख्ने संस्था प्रेस युनियनमा लागें । अहिले पनि म प्रेस युनियनको केन्द्रीय महाधिवेशन प्रतिनिधि छु । त्यसकारणले म त्यो शुभेच्छुक संस्थामार्फत लागें । नेपाली कांग्रेसको केन्द्रीय प्रचार समितिको सदस्यका भएर ११ वर्ष योगदान दिएँ ।

विभिन्न समितिमा पार्टीका गीतहरु लेखेको छु । चुनावी गीतहरु कयौं लेखेको छु । मैले नेपाली कांग्रेसको संविधान सभाको चुनावको विज्ञापन पनि बनाएँ । मैले चितवनमा पनि जिल्ला कार्यसमितिको सदस्य भएर सञ्चारक्षेत्रबाट पार्टीमा योगदान पु¥याएको छु । मैले अहिलेसम्म पार्टीका धेरै सचिवहरु उद्घोषण तालिम दिएको छु । नेतृत्व विकासको तालिम दिएको छु । क्षमता अभिवृद्धिका तालिम दिइ रहेकोे छु । त्यसकारण म एकडेढ दशदेखि यो पार्टीमा सक्रिय रुपमा छु ।

तपाईंसँगै अरु आकांक्षी पनि छन्, उनीहरु र तपाईंमा के फरक छ ?

अरु आकांक्षीहरु सबैलाई त म भन्न सक्दि धेरै आकांक्षीहरु अहिले नयाँ अनुहार आउनु भएको छ । सचिवको काम कर्तव्य र अधिकार केहो भन्ने सम्म पनि थाहा नभएका व्यक्तिहरु आउनु भएको छ । तर प्रतिस्पर्धा हो । लोकतन्त्र हो । यसमा सबैले प्रतिस्पर्धा गर्न पाउनु पर्छ ।

तर मैले सचिवमा उम्मेद्वार दिनुको कारण मेरो यसमै योग्यता पुग्छ । अरु पनि धेरै पद थिए । अहिलेको विधानले स्थानीय तह, प्रदेश र संघ गरी तहगत रुपमा धेरै पद दिए पनि म सचिवालय चलाउन योग्य भएकाले उम्मेद्वार दिएँ ।

सचिवालयलाई चुस्त दुरुस्त राख्न म पत्रकारिताबाट आएकाले पनि सहज हुन्छ । सचिवालयलाई आधुनिक ढंगबाट लैजानुपर्छ । सबै पत्रकारलाई संवोधन गर्ने खालको एउटा सूचना केन्द्र विकास गर्न जरुरी छ । त्यो भयो भने पार्टी राम्रो हुन्छ भनेर सचिवमा उम्मेद्वारी दिएको हुँ । अरु साथीहरुसँग मैले टिकाटिप्पणी गर्नु छैन । तर उहाँहरुभन्दा म अब्बल क्यान्डिडेट हुँ भन्ने मेरो दाबी हो ।

पार्टीमा गुटबन्दी मौलाएको छ । यसलाई चिर्न तपाईंको के प्रयत्न रहन्छ ?

अवश्य पनि मैले गुटबन्दी अन्त्य गर्नको लागि मेरो उम्मेद्वारी दिएको हुँ । म एउटा पुलको काम गर्ने छु । दुई वटै समूहहरु अहिले समूहगत रुपमा लडाइ लडिरहेका छन् । हुन त जीवन्त पार्टीमा गुट र विद्रोह हुन्छ । तर गुटलाई सम्बोन्धन गर्नु नै गुटको अन्त्य हो ।

मैले जिते त्यसकारणले मैले उपविजेता साथीलाई अवमूल्यन गर्न वा उहाँको भावनालाई कदर नगर्नि र उहाँलाई पनि हामीले समायोजित गरे न लैजाने हो भने गुटबन्दी रहिरहन्छ । तर मैले जितिसकेपछि उहाँहरुकोे विचारलाई पनि संवोधन गर्ने गरी मैले अगाडि सञ्चालन गरें भने गुटबन्दीको अन्त्य हुन्छ । त्यो तल गाउँदेखि केन्द्रसम्म यसरी नै रुपान्तरण गरियो भने पार्टी दरिलो पनि हुन्छ । बलियो पनि हुन्छ ।

तपाईंले सचिव जित्न सक्ने आधारहरु केके हुन ?

धेरै छन् आधारहरु । जस्तो म पार्टीमा निकै क्रियाशिल भएँ । पछिल्लो समय धेरै चितवनका कांग्रेस साथीहरुले मलाई काठमाडौं बस्छ भन्ने आरोप लगाउनु हुन्थ्यो । म अहिले म विगत ७ वर्षदेखि चितवनमै बसिरहेको छु । टोलटोलमा गएको छु । गाउँगाउँमा गएको छु । जिल्ला कार्यसमितिको सदस्य भएर काम पनि गरिसकेको छु । केन्द्रीय प्रचार विभागमा बसेर पनि काम गरें । त्यसकारणले पनि सचिवमा हुनुपर्ने योग्यता मसँग सबै छ ।

मैले माइक र माइनटको दुरुपयोग गर्दिन । मैले पार्टीको लेटरप्याड बेचेर खाँदिन । म सञ्चारकर्मबाट एउटा सफल सञ्चारकर्मी हो । त्यसैले मलाई पारिवारिक स्तर उन्नती र परिवार चलाउन मैले राजनीतिमा दुरुपयोग गर्नु पर्ने कुनै पनि कारण छैन ।

त्यसकारणले आफैमा सक्षम भएर । म सञ्चारकर्ममा सफलता हाँसिल गरेर अहिले पार्टी प्रवेश गरि सकेको छु । पार्टीको पूर्णकालीन राजनीतिमा छु । त्यसकारणले पनि म पार्टीको सचिव जित्दै छु भन्ने लाग्छ ।

अहिले धेरै साथीहरुले सचिव चलाउनै सकिरहनु भएको छैन । सबैभन्दा धेरै ध्यान दिनुपर्ने कुरा । र हामीले सचिवलाई प्रशिक्षित गर्नका लागि बाहिरबाट हायर गर्नुपर्ने अवस्था छ । अलिकति टाँठोबाठो देख्ने बित्तिकै सचिव बनाउने परम्परा गाउँदेखि जिल्लासम्म छ । जिल्लादेखि केन्द्रसम्म त्यही छ । तर त्योमात्र होइन अध्ययनशिल बनाउन प¥यो । सचिवमा हुनुपर्ने कम्तिमा काम कर्तव्य, अधिकार, जान्नु प¥यो । उहाँहरुले कार्यक्रम चलाउन जान्न प¥यो । श्रद्धाञ्जली शभा र विरोध सभा एउटै हुँदैन नी । सम्मान गर्ने कार्यक्रम र सम्मेल एउटै हुँदैन नी त । विभिन्न खालका कार्यक्रम हुन्छन् । बैठक र भेला एउटै हुँदैन । कोण सभा र चुनावी सभा एउटै हुँदैन । विभिन्न कुराहरु सिकाउन जरुरी छ । त्यो खालको जीवन्त पार्टीमा दिनको लागि पनि मेरो उम्मेद्वारी हो । म त्यो हिसाबले अघि बढिरहेको छु ।

अन्त्यमा पार्टी क्रियाशिल सदस्यहरुलाई के भन्न चाहनु हुन्छ ?

कांग्रेस लोकतान्त्रिक पार्टी हो । लोकतन्त्रलाई सम्मान गर्दै प्रतिस्पर्धात्मक  राजनीतिबाट अगाडि बढिरहेको छ । आज ७५ वर्षदेखि नेपालमा राजनीति गरिरहेको छ । यसमा धेरै साथीहरुको आकांक्षाहरु छ । सबै लागि रहनु भएको छ । तर क्रियाशिल साथीहरुले कम्तिमा नेपाली कांग्रेसको इतिहास र विधान पढ्नुस । यसलाई चिन्दिनुस् । कांग्रेसको सिद्धान्त र विचारलाई बुझनुस् । क्रियाशिल हुँदै गर्दा आफ्नो दायित्व केहो ? अध्ययन गर्नुस् । अब कांग्रेसलाई मजबुत बनाएर आगामी निर्वाचनमा नेपाली कांग्रसलाई जिताउनको लागि तपाईहरु आआफ्नो ठाउँबाट योगदान दिनुस् । आआफ्नो ठाउँबाट खट्नुस । अब नेपाली कांग्रेसले हार्नु हुँदैन । जित्नु पर्छ ।

त्यो जित्नको लागि आन्तरिक प्रतिस्पर्धालाई ठूलो नबनाउनुस् । धेरैले यसलाई चुनाव भन्नु भएको छ । तर यो चुनाव होइन पार्टीको अधिवेशन हो । हामी अधिवेशनमा जो हारौंला जितौंला मिलेर जाऔं । भोलि हामी चुनावमा विपक्षीहरुसँग लड्नु छ । त्यति खेर हामी फेरि एकाधार भएर लड्नुपर्ने हुन्छ । आन्तरिक प्रतिस्पर्धालाई ठूलो विषय नबनाऔं भनेर म सक्रिय कार्यकर्ताहरुलाई आग्रह गर्न चाहन्छु ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>