नवलपुर

कावासोतीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Banner

कावासोती,भदौं ४-

नवलपुरको कावासोतीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती वडा नं २ स्थित खरकट्टा जंगलमा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको ना २ ख ७५५५ नम्बरको ट्रक र सोही दिशाबाट आईरहेको लु ४६ प ४७५८ नम्बरको मोटसाईकल एक आपसमा ठोक्किदा मध्यविन्दु नगरपालिका नम्बर ३ निवासी २१ वर्षिय अमर अधिकारीको मृत्यु भएको हो ।

अधिकारीको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा साँझ ६ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। दुर्घटनामा मोटरसाइकल सवार सोही स्थानकी १९ वर्षीया ममता खाँण भने घाइते भएकी छन् । उनको नवलपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>