देश/प्रदेश

मुस्ताङमा पहिलो चौमासिकमा एक लाख १२ हजार पर्यटक

०
Banner

मुस्ताङ, मंसिर २ –

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक लाख १२ हजार ४८ पर्यटक मुस्ताङ भित्रिएका छन् । साउनदेखि कात्तिकसम्म मुस्ताङ भित्रिने पर्यटकमध्ये ५७ हजार ८३१ नेपाली र ५४ हजार २१७ विदेशी रहेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार उक्त अवधिमा बेनी–जोमसोम सडकमार्ग हुँदै भित्रिएका नेपाली पर्यटकमध्ये ४३ हजार ५८४ पुरुष र १४ हजार २४७ महिला छन् । विदेशी पर्यटकमध्ये ३७ हजार ४१७ पुरुष, १६ हजार ७९३ महिला र सात जना अन्य रहेका छन् ।

पहिलो चौमासिकमा विदेशीको तुलनामा नेपाली पर्यटकको सङ्ख्या तीन हजार ६१४ अर्थात् ६ दशमलव २४ प्रतिशतले बढी रहेको प्रहरी निरीक्षक बस्यालले जानकारी दिनुभयो ।

घाँसा प्रहरी चौकीको अभिलेखअनुसार साउनमा ३० हजार ५३४, भदौमा २० हजार २६८, असोजमा १९ हजार ५३९ र कात्तिकमा ४१ हजार ७०७ स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । दशैँ, तिहार र छठ पर्वको लामो बिदाका कारण कात्तिकमा पर्यटकको आगमन बढेको हो । असोजमा भारी वर्षाका कारण बेनी–जोमसोम सडक दुई साताभन्दा बढी समय अवरुद्ध हुँदा पर्यटक आगमन घटेको प्रहरी निरीक्षक बस्यालले बताउनुभयो ।

यसैगरी, पहिलो चौमासिकमा बेनी–जोमसोम सडकमार्ग हुँदै ६९ हजार ७४६ सवारीसाधन मुस्ताङ भित्रिएका छन् । प्रहरीका अनुसार साउनमा ४१ हजार ७४७, भदौमा सात हजार ९८२, असोजमा चार हजार ९७३ र कात्तिकमा १५ हजार ४४ सवारीसाधन मुस्ताङ प्रवेश गरेका थिए ।

आर्थिक वर्ष २०८२/८३ मा बेनी–जोमसोम सडकमार्ग हुँदै सात लाख ७७ हजार ७३७ स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>