Breaking News
काठमाडौंलाई ६१ रनले हराउँदै चितवन राइनोज दोस्रो क्वालिफायरमा

काठमाडौं, मंसिर ३ –
चितवन राइनोज राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग ९एनपीएल० को दोस्रो क्वालिफायरमा पुगेको छ। आज सम्पन्न इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवनले दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गर्यो।
चितवन अब दोस्रो क्वालिफायरमा भोलि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । काठमाडौं भने इलिमिनेटरबाटै बाहिरिएको छ।
जितका लागि पाएको २०५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौं १४३ रनमा रोकियो। जसमा विल बसिस्टोले सर्वाधिक ३७ रन बनाए। चितवनका रिजन ढकालले ४,उसामा मिरले ३ विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०४ रन बनायो । जसमा कामिल मिशाराले शतकीय पारी खेल्दै १२० रनमा अविजित रहे। यस्तै कप्तान रवी बोपराले ५३ रन जोडे। काठमाडौंका करण केसी र राशिद खानले २र२ विकेट लिए।
























