मनोरञ्जन

‘सितारका झङ्कार’ हाइकुसङ्ग्रह सार्वजनिक

०
Banner

काठमाडौँ, मंसिर २ –

साहित्यकार विजया शर्माको ‘सितारका झङ्कार’ हाइकुसङ्ग्रह विमोचन गरिएको छ । मञ्जुश्री साहित्यिक समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा साहित्यकार शर्माको हाइकुसङ्ग्रह ‘सितारका झङ्कार’ विमोचन गरिएको हो ।

उक्त कृतिको नेपाल हाइकु केन्द्रका अध्यक्ष प्राध्यापक रामकुमार पाँडे, मञ्जुश्री साहित्यिक समाजका अध्यक्ष वरिष्ठ साहित्यकार डा बमबहादुर थापालगायतले विमोचन गर्नुभयो ।

कार्यक्रममा हाइकु केन्द्रका अध्यक्ष पाँडेले लेखक शर्माले ८४ वर्षको उमेरमा हाइकु लेखनमार्फत जीवन र जगतप्रतिको गहिरो भावनालाई जीवन्त रुपमा प्रस्तुत गर्न सफल भएको बताउनुभयो ।

उहाँले नेपालमा २०१९ सालमा शङ्कर लामिछानेले जापानी लघुशैलीको हाइकु कवितालाई नेपालमा भित्र्याएको स्मरण गर्र्दै पछिल्लो समय हाइकु लेखन नेपालमा सशक्त रुपमा अगाडि बढेको बताउनुभयो । हाइकु जम्मा १७ अक्षरको हुने उहाँको भनाइ थियो ।

उहाँले आगामी दिनमा हाइकु सङ्ग्रहालय र पुस्तकालय स्थापनाका लागि केन्द्रले काम गर्दै आइरहेको बताउनुभयो । मञ्जुश्री साहित्यिक समाजका अध्यक्ष डा जीतालीले ‘सितारका झङ्कार’भित्र लयात्मक सिर्जनामा मौलिक नेपालीपन झल्केको बताउनुभयो । उहाँले विस २०६० को दशकदेखि नेपालमा हाइकु सशक्त रुपमा अगाडि बढेको उल्लेख गर्नुभयो । कार्यक्रममा डा निशिकान्त सोनवलकरले विशेष तबला वादन गर्दै साङ्गीतिक प्रस्तुती दिनुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>