रोचक

एक महिलाले एकै पटक जन्माइन् सात छोरा, तीन छोरी

Banner

एजेन्सी,जेठ २६-

दक्षिण अफ्रिकामा एक जना महिलाले एकै पटकमा १० जना सन्तानलाई जन्म दिएकी छन्।

दक्षिण अफ्रिकी सञ्चारमाध्यमहरूले ३६ वर्षीया गोसियामी थामारा सितहोलले सोमबार राति प्रिटोरियाको एक अस्पताल सात छोरा र तीन छोरीलाई जन्म दिएको समाचार प्रकाशन गरेका छन्। गाउटेङ प्रान्तको सामाजिक विकास विभागले पनि ती महिलाले १० सन्तान पाएको पुष्टी गरेको छ। पूरा अवधि नपुगी जन्मिएका बच्चाहरूलाई अहिले अस्पतालमै राखिएको छ।

एउटा रिटेलस्टोर म्यानेजरको काम गर्ने गोसियामीले यसअघि पनि जुम्ल्याहालाई जन्म दिएकी थिइन्। उनले अब जन्मेका बच्चाहरूलाई आफू र श्रीमानले हुर्काउन नसक्ने भन्दै सहयोगको अपिल गरेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यसअघि गत महिना अर्को अफ्रिकी मुलुक माली एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएकी थिइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>