समाज
भिरबाट लडेर महिलाको मृत्यु
०

डोटी,जेठ ९-
डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिका–८ लडागडा सेटिगाउँ बस्ने २१ वर्षीया कलादेवी कडायतको भिरबाट लडेर मृत्यु भएका हो ।
गाउँ नजिकैको कोइरेलीगाड जङ्गलमा घाँस काट्न गएको समयमा भिरबाट लड्दा घटनास्थलमै कडायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























