देश/प्रदेश
भाइटीकामा दुई हजार ५०० यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा
०

काठमाडौँ, कात्तिक २५–
सशस्त्र प्रहरीले तिहारको भाइटीकाको दिन काठमाडौँ उपत्यका र भक्तपुरमा सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि निःशुल्क रूपमा सञ्चालन गरेको बसमा दुई हजार ४८६ जनाले यात्रा गरेका छन् ।
भाइटीकाका दिन सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारणलाई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यका साथ सशस्त्र प्रहरीले काठमाडौँ र भक्तपुरमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।
सशस्त्रको बस सेवा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म चलेको थियो । काठमाडौँको चक्रपथमा सञ्चालित बसले एक हजार ७६६ र भक्तपुरसम्म चलेको बसले ७२० जनालाई सेवा दिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























