Breaking News

भाइटिकाको दिन सौराहामा आन्तरिक पर्यटकको चहलपहल

०
Banner

चितवन, कार्तिक २५–

चितवनको पर्यटकीय नगरी सौराहामा भाईटिकाको दिन बुधबार आन्तरिक पर्यटकहरुको चहलपहल । भाइटिका लगाएपछि चितवन आसपासलगायतका ठाउँबाट आन्तरिक पर्यटकहरु घुम्न सौराहा पुगेका थिए ।

आन्तरिक पर्यटकहरु जीप सफारी, ड्याम साइड, हात्ती प्रजनन् तथा तालिम केन्द्रमा घुमघाम गर्न व्यस्त थिए । यसवर्ष दशैंमा मात्रै २० हजार बढी पर्यटकहरु चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेका थिए । तिहारमा पनि पर्यटकहरु सौराहा तथा निकुञ्ज भ्रमणमा निस्किएका छन् । तर केहीदिन देखि इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा खसेको सुख्खा पहिरोको कारण भने सोचेजतिको पर्यटक आवागमन नभएको सौराहाका पर्यटन व्यवसायी शिरलाल परियारले जानकारी दिए ।

यस्तै चर्चित पाकिस्तानी टिकटकर रुवि अली र नेपाली चर्चित टिकटकर रोविन खड्का भाइटिकाको दिन बुधबार अपरान्ह खोरसोरस्थित हात्ती प्रजनन् तथा तालिम केन्द्र घुमघाम गरेका छन् । उनीहरुलाई सौराहाका पर्यटन व्यवसायी शिरलाल परियारले प्रजनन् केन्द्रको भ्रमण गराएका थिए । उनीहरु केही दिनदेखि चितवनमा घुमघाम गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>