देश/प्रदेश
इलाममा असिना पानीले पाक्न लागेको धानबालीमा क्षति
०

इलाम, कार्तिक २५–
इलाम जिल्लाका विभिन्न क्षेत्रमा पानीसँगै परेको असिनाले पाक्नै लागेको धानबालीमा क्षति पु¥याएको छ । असिनाका कारण धान भित्र्याउने तयारीमा रहेका किसान चिन्तित बनेका छन् ।
जिल्लाका विभिन्न स्थानमा परेको असिनाले धानबालीमा क्षति पु¥याएको किसानहरूले बताएका छन् । अलैँचीलगायत अन्य बालीका लागि असिना वर्षाले केही राहत पुगे पनि पाक्नै लागेको धानबालीमा भने नोक्सानी भएको उनीहरूको भनाइ छ ।
लामो समयको मेहनतपछि भित्र्याउने अवस्थामा पुगेको धानबाली असिनाले क्षति पु¥याएपछि किसानहरू निराश बनेका छन् । धान काट्ने र भित्र्याउने तयारीमा रहेका किसानलाई असिना वर्षाले थप समस्या सिर्जना गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























