लुम्बिनी

रिस साँध्न बलात्कारको झुटो आरोप लगाउने युवती जेल चलान

Banner

दाङ,बैशाख ३-

रिस साँध्न बलात्कारको झुटा मुद्दा लगाउने एक युवतीलाई जिल्ला अदालत दाङले एक महिनाको कैद सजाय गरेको छ । कैदका साथै उनीमाथि आर्थिक जरिवाना पनि भएको छ । गत असोज १९ गते घोराही उपमहानगरपालिकाकी ती युवती र एक नाबालिकाले एक रेस्टुरेन्टमा नास्ता खाने बहानामा तीन जनाले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए ।

उजुरीपछि मुद्दा अदालत पुगेपछि आरोपित तीन युवा पुर्पक्षका लागि थुनामा परेका थिए । अनुसन्धानका क्रममा अदालतको बकपत्रमा बयानका लागि बोलाउँदा ती युवतीले नास्ता खाएको पैसा तिर्ने विषयमा विवाद भएपछि रिस साध्न मुद्दा दिएको बताएका थिए ।

अदालतले गाली बेइज्जती तथा झुटा मुद्दामा ती युवतीलाई एक महिना कैद सजाय र ७५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

जिल्ला अदालतका श्रेस्तेदार धनसिंह गिरीले युवाहरूलाई दुःख दिन मुद्दा दर्ता गरेकाले अदालते ती युवतीलाई एक महिना सजाय तथा प्रत्येक युवालाई २५-२५ हजारका दरले ७५ हजार जरिवाना गराएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>