कर्णाली
मान्छे मार्ने बाघ चिडियाखानामा
०
चितवन,चैत २४
बर्दिया राष्ट्रिय निकुञ्जमा मान्छेलाई मार्ने नरभक्षी बाघलाई सदर चिडियाखानामा राखिएको छ ।
यो बाघले आइतबार निकुञ्जमा गैंडा गणना गर्न हात्तीसहित गएका ३४ वर्षीय पुलिसराम थारूलाईआक्रमण गरेको थियो । गैंडा गणना गरेर फर्किने क्रममा हात्तीलाई नुहाइदिनुका साथै घास पनि जोहो गर्नेक्रममा बाघका आक्रमणमा परी उनको मृत्यु भएको थियो ।
त्यसपछि आइतबार साँझ निकुञ्जको टोलीले नियन्त्रणमा लिएको बाघलाई मंगलबार विहान चिडियाखानामा राखिएको हो ।
बाघले दोहोर्याएर मान्छे मार्न थालेपछि चिडियाखाना राख्नुपरेको हो । यो बाघले केही समय अगाडि पनि निउरो टिप्न गएकी एक महिलालाई मारेको आशंका छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























