कर्णाली

दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

०
Banner

कर्णाली, असोज ९–

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितासँग सम्बन्धित भएर पर्यटन प्रवर्द्धनका विषयमा पर्यटन दशकबारे होटल व्यवसायीसँग छलफल गर्नुभएको छ ।

उहाँले आज आफ्नै कार्यकक्षमा होटल व्यवसायी सङ्घ कर्णाली प्रदेश समितिका पदाधिकारीसँग आगामी मङ्सिर १६ देखि २९ गतेसम्म कर्णालीमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रदेशको आर्थिक विकास र पर्यटन क्षेत्र प्रवर्द्धनसँग जोड्नुपर्ने बताउनुभयो ।

खेलकुदसँगै स्वास्थ्य र पर्यटन प्रवर्द्धन गरी प्रदेशमा आर्थिक गतिविधि चलायमान बनाउनका लागि होटल व्यवसायीको सक्रियता जरुरी रहेको मुख्यमन्त्री शाहीले बताउनुभयो । कर्णाली प्रदेशमा पर्यटक भित्र्याउन र पर्यटन दशक मनाउने सम्बन्धमा गर्न सकिने कामहरूका बारेमा उहाँले होटल व्यवसायीसँग जिज्ञासा राख्नुका साथै सुझावसमेत माग्नुभएको थियो ।

सुर्खेतमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुदको समयमा यहाँका होटलहरू गर्नुपर्ने व्यवस्थापनका सम्बन्धमा मुख्यमन्त्री शाहीले होटल व्यवसायी सङ्घका प्रतिनिधिसँग छलफल गर्नुभएको थियो ।

छलफलमा होटल व्यवसायी सङ्घ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले पर्यटन दशकको तयारी गर्नुअघि पर्यटकीय क्षेत्रहरूसम्म जाने बाटोको सहजता हुनुपर्ने र त्यहाँ नजिकै रहेका जग्गा उपलब्ध गराएर होटल क्षेत्रमासमेत लगानी भित्र्याउन सकिने बताउनुभयो ।

होटल व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष प्रतिभा वलीले कर्णालीमा सञ्चालित होटलहरूको वर्गीकरण गर्न र पर्यटक बोक्ने गाडीको नम्बर प्लेट दिने विषयमा पहल सरकारलाई गरिदिन आग्रह गर्नुभयो । कर्णालीमा पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको मुख्यमन्त्री शाहीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>