नवलपुर

भारत र चीन जोड्ने दुम्किवास–त्रिवेणी खण्ड निर्माण गर्न प्रदेश सरकारको चासो

Banner

कावासोती, माघ २१-

गण्डकी प्रदेशको समृद्धि र विकासको महत्वपूर्ण आधारका रुपमा लिइएको कोरला–पोखरा–त्रिवेणी सडक निर्माण र सञ्चालन गर्न प्रदेश सरकारले तदारुकता देखाएको छ । भारत र चीनलाई जोड्ने सडकका रुपमा समेत हेरिएको त्रिवेणी–पोखरा–कोरोला सडक खण्डको दुम्किवास–त्रिवेणी खण्ड निर्माणको काम हुन नसक्दा प्रदेशको विकास र समृद्धिमा समेत असर परिरहेका कारण यस सडक खण्ड निर्माण र सञ्चालन गर्न प्रदेश सरकार आफैँ लागि परेको छ ।

सडकखण्ड अन्तरगत नवलपरासी पूर्व (नवलपुरको) बिनयी त्रिवेणी गाउँपालिका १ दुम्विासको पूर्वपश्चिम राजमार्गदेखि वडा नम्बर ६ त्रिवेणीसम्मको करिब १९ किलोमिटर सडक खण्ड मध्यवर्ती क्षेत्रमा पर्ने हुँदा केही कानुनी अड्चनका कारण बाटो निर्माण र सञ्चालनमा बाधा पुगेको छ ।

वि.सं २०५९ साल अघि हुलाकी राजमार्गका रुपमा कच्ची सडक सञ्चालनमा आएर त्रिवेणी र नवलपुरका नागरिकले पैदल र गाडामा आवतजावत गर्ने, दुम्किवास र अरुणखोला आसपासमा उत्पादित खाद्यान्न त्रिवेणी माघे औँषी मेलामा विक्री गर्ने र त्रिवेणीबाट नुनतेल र लत्ताकपडा खरीद गरेर ल्याउने व्यवापारिक मार्गका रुपमा समेत यो सडक प्रयोग हुँदै आएको थियो । हुलाकी सडकको रुपमा रहेको यस खण्डलाई गजेन्द्र मोक्ष जनता मार्ग नामाकरण गरी २०६३ असोजमा यातायात सञ्चालन गरिएको थियो । सडक खण्डका विभिन्न खोलाहरुमा कल्बट निर्माण गरी ग्राभेल समेत भएर यातायात सञ्चालन भएको भए पनि २०६४ सालमा चितवन राष्ट्रिय निकुञ्जले सञ्चालनमा रोक लगाएको तत्कालीन गजेन्द्रमोक्ष जनता मार्गका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । निकुञ्जले चरिचरनको क्षेत्र भनेर समेटेपछी यो खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको गिरीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>