स्वास्थ्य

चिसो बढेसँगै निमोनिया र रुघाखोकीको जोखिम, कसरी जोगिने ?

०
Banner

काठमाडौँ ,मंसिर २ –

देशका विभिन्न क्षेत्रमा चिसो बढेसँगै रुघाखोकी, ज्वरो, निमोनिया तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिने जोखिम बढेको छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोग भएका व्यक्तिहरू चिसो मौसममा बढी प्रभावित हुन सक्छन्।

चिसो मौसममा भाइरसजन्य संक्रमण फैलिने सम्भावना बढ्ने भएकाले रुघाखोकी, इन्फ्लुएन्जा तथा अन्य श्वासप्रश्वाससम्बन्धी रोगबाट सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाव दिँदै आएका छन्।

चिसोका कारण शरीरको तापक्रम अत्यधिक घट्दा हाइपोथर्मिया हुने जोखिमसमेत रहन्छ। विशेषगरी लामो समय चिसोमा बस्ने, न्यानो कपडा नलगाउने तथा पर्याप्त पोषण नपाउने व्यक्तिमा यस्तो समस्या देखिन सक्छ।

स्वास्थ्यकर्मीका अनुसार चिसोबाट बच्न न्यानो कपडा लगाउने, घरभित्र पर्याप्त न्यानोपन कायम गर्ने, तातो तथा पोषिलो खानेकुरा खाने र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ। साबुनपानीले नियमित हात धुने तथा बिरामी व्यक्तिसँग नजिकको सम्पर्कबाट बच्ने गर्दा संक्रमणको जोखिम कम गर्न सकिन्छ।

बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोग भएका व्यक्तिमा श्वासप्रश्वासमा कठिनाइ, लगातार ज्वरो वा अत्यधिक कमजोरी देखिएमा समयमै स्वास्थ्य संस्थामा पुर्‍याउन आवश्यक हुन्छ।

चिसो मौसममा स्वास्थ्यप्रति सामान्य लापरबाहीले पनि समस्या निम्त्याउन सक्ने भएकाले विशेष सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>