समाचार

भारतीय च्यानल जी न्यूज भन्छ: सगरमाथामा भारतले दाबी गर्नुपर्छ

Banner

काठमाडौं पुस, २९

गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्वातार्ताका लागिभारतीय न्यूज च्यानल जी न्यूजको टोलीलाई बालुवाटारमा न्यानो स्वागत गरेका थिए । तर त्यहि जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने भन्दै सगरमाथालाई भारतीय नाम दिने अभियान नै थालेको छ ।

जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले कालापत्थर पुगेर सगरमाथालाई पृष्ठभूमिमा राखेर भनेका छन्, ‘अब भारतले माउन्ट एभरेष्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।’ उनले सगरमाथाको नाम ‘राधानाथ सिकदर’ राख्नुपर्ने समेत बताएका छन् ।

चौधरीका अनुसार राधानाथ सिकदरले पहिलोपटक सगरमाथाको उचाइ नापेका थिए । त्यसैले सगरमाथाको नाम पनि उनैको नामबाट राख्नुपर्ने चौधरीको धारणा छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>