राजनीति
राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल
०

काठमाडौँ, साउन १५-
राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिका बारेमा पूर्वराष्ट्रपति डा रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग छलफल गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज भएको छलफलमा उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम गर्न सबैले पहल गर्नुपर्ने धारणा राख्नुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
पूर्वराष्ट्रपति डा यादवले सरकारले यो विषम अवस्थामा सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आमनागरिकको साथ लिएर समस्या समाधान गर्नुपर्ने धारणा राख्नुभएको बताउनुभएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























