चितवन विशेष

चितवन प्रशासनले स्थायी बासिन्दालाई मात्र राष्ट्रिय परिचयपत्र दिने

Banner

चितवन, साउन १५ –
जिल्ला प्रशासन कार्यालय, चितवनले राष्ट्रिय परिचयपत्र सेवामा अत्यधिक चाप बढेपछि अब केही समयका लागि चितवन जिल्लाका स्थायी बासिन्दालाई मात्र सेवा प्रदान गर्ने निर्णय गरेको छ। कार्यालयले जारी गरेको सूचनाअनुसार साउन १९ गते सोमबारदेखि अर्को सूचना नभएसम्म चितवन बाहिरका सेवाग्राहीको राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्ने कार्य स्थगित गरिएको छ।

कार्यालयका अनुसार हाल बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म सेवा सञ्चालन गरिए पनि दैनिक सेवाग्राहीको अत्यधिक भीडका कारण प्राप्त स्लिपमा उल्लेख भएका सबैलाई सेवा दिन कठिन भएको प्रशासकीय अधिकृत अन्तिम सिँजालीले जारी गरेको सूचनामा भनिएको छ । त्यसैले कार्ड वितरणमा खटिएका जनशक्ति र उपकरणसमेत सेवामा परिचालन गरिएको जनाइएको छ।

जिल्ला प्रशासन कार्यालयले यस निर्णयबाट अन्य जिल्लाका सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै सम्बन्धित सबैलाई सहयोग गर्न अनुरोध गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>