चितवन विशेष

चितवनमा सद्भाव र्‍याली

Banner

चितवन, साउन १५-

भरतपुर महानगरपालिकाले जिल्लामा आज सद्भाव र्‍यालीको आयोजना गरेको छ । भरतपुरको चौबीसकोठीबाट पुलचोकसम्म आयोजना गरिएको सद्भाव र्‍यालीपछि जिल्ला समन्वय समिति चिवनका प्रमुख नारायणप्रसाद अधिकारीले नेपाल बहुजातिय, बहुधार्मिक, बहुभाषिक विविधताबीच एकतामा बाधिएको मुलुकका रूपमा रहेका बताउनुभयो ।

पछिल्लो समय सुनसरी, सिरहालगायत देशका विभिन्न जिल्लामा देखिएका घटनाप्रति चिन्ता व्यक्त गर्दै उहाँले समाजमा आपसी विश्वास, सहिष्णुता र सामाजिक एकतालाई थप मजबुत बनाउन सबैलाई आग्रह गर्नुभयो ।

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले शान्ति, सद्भाव र एकताका लागि शान्तिपूर्ण ऐक्यबद्धता र सहकार्य आवश्यक रहेको बताउनुभयो । नेपाल विविधताले सम्पन्न बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक राष्ट्र भएकाले यही विविधता राष्ट्रिय एकताको आधारका रूपमा रहेको बताउनुभयो ।

र्‍यालीमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्लाका राजनीतिक दलका प्रतिनिधि, विभिन्न धार्मिक तथा सामाजिक सङ्घसंस्थाका अगुवा, नागरिक समाज, सुरक्षाकर्मी तथा सर्वसाधारणको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>