चितवन विशेष

चितवनमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

Banner

चितवन, साउन ९–

चितवनमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो भरतपुर महानगरपालिका–३, स्थित पुलचोकमा गैंडाकोटबाट आउँदै गरेको ग१क ४८८१ नम्बरको टिपरले पैदल यात्री जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु नगरपालिका–६ बस्ने वर्ष ३५ का मनोज पराजुलीलाई ठक्कर दिएको थियो ।

गम्भिर घाइते भएका पराजुलीको उपचारको चितवन मेडिकल कलेजमा आज (शनिबार) मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले ठक्कर दिने टिपर चालक भरतपुर–२९ बस्ने वर्ष ३२ का सुमन चेपाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>