Breaking News

देवानगञ्ज घटनामा मृतक आफन्तले बुझे शव, आजै अन्त्यष्टि गरिने

Banner

विराटनगर, साउन १५-

सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवाको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन् । आइतबार दुई समूहको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर सोही दिन ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

उपचारका क्रममा जयप्रकाश मेहताको बिहीबार मृत्यु भएको थियो । शुक्रबार कोशी अस्पताल विराटननगरमामा पोस्टमार्टमपछि आफन्तले शव बुझेका हुन् ।
यसअघि विराटनगरकै न्यूरो अस्पतालमा राखिएको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको थियो । शुक्रबार बिहान पीडित पक्ष र सरकारबीच ७ बुँदे सहमति भएपछि आफन्तले शव उठाउन र बुझ्न सहमति जनाएका थिए । पोस्टमार्टमपछि शव बुझेसँगै आफन्तले अन्तिम संस्कारका लागि शव आफ्नो गाउँतर्फ लगेका छन् । गाडीमा राखेर शवयात्रा गर्दै कप्तानगञ्ज लगिएको हो । शुक्रबार सरकारले पीडित परिवारलाई राहत दिने, सहिद घोषणा गर्ने, घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्ने लगायत विषयमा सरकार र पीडित परिवारबीच सहमति भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>