Breaking News

चितवनमा माओवादी जनयुद्धका घाइतेद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र

Banner

चितवन, साउन २२-

जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संगठन चितवनले प्रशासन कार्यालय मार्फत् गृहमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

१० वर्षे जनयुद्धमा शरीरका विभिन्न अंगहरु गुमाएर गणतन्त्र प्राप्तिका लागि लडेका व्यक्तिहरुलाई नेपाल सरकारले प्रदान गर्ने राहत तथा सेवासुविधाहरु कटौती गरेकोले पहिलो चरणको कार्यक्रमअन्तर्गत ज्ञापनपत्र बुझाइएको जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संगठन चितवनका अध्यक्ष कर्णबहादुर आग्री ‘करण’ ले बताउनुभयो । सो संगठनले आज चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई सो ज्ञापनपत्र हस्तान्तरण गर्दै गृहमन्त्री रामबहादुर थापालाई पठाएका छन् ।

ज्ञापनपत्रमा जनयुद्धका कारण नेपालको राज्यसत्ता परिवर्तन सम्भव भएको दाबी गर्दे राज्यबाट घाइतेहरुले पाउँदै आएको सेवा सुविधा कटौती नगर्न माग गरिएको छ । ज्ञापन पत्रमा यसअघि ४४६ जनाले पाउँदै आएको विशेष सुविधा कटौती गरेमा आन्दोलनमा जाने चेतावनी पनि घाइतेहरुले दिएका छन् ।

सो कार्यक्रममा जनयुद्धका घाइते तथा नेकपा भरतपुर महानगरका सचिव ईश्वर सापकोटा, नेकपा खैरहनी नगरपालिकाका अध्यक्ष लक्ष्मी ढकाल, शहिद स्मृती प्रतिष्ठान चितवनका कोषाध्यक्ष तथा नेकपा कालिका नगर अध्यक्ष सविता लामा, पूर्वजनमुक्ति सेना नेपाल चितवनका अध्यक्ष देवीप्रसाद ढकाल, नेकपा खैरहनी नगर सहइन्चार्ज रुद्रबहादुर खड्का, जनयुद्धका पूर्वबिग्रेड सहकमाण्डर नन्दकिशोर बुढामगर, मधुर नेपाल, लोकप्रसाद भट्ट, बिमला बराइलीलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>