कृषि

प्रेमबस्तीमा दुग्ध उत्पादक सहकारीको भवन शिलान्यास 

Banner

चितवन, साउन २२-

भरतपुर महानगरपालिका–७ प्रेमबस्तीमा रहेको प्रेमबस्ती दुग्ध उत्पादक सहकारी संस्थाको नयाँ भवनको बिहीबार शिलान्यास गरिएको छ ।

भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत प्रेमराज जोशीले सो भवनको शिलान्यास गर्नु भएको हो ।

भवनको शिलान्यास कार्यक्रममा अधिकृत जोशीले महानगरपालिका कृषि र पशुपालन क्षेत्रको विकास र आधुनिकीकरणमा निरन्तर लागिरहेको बताउनुभयो । सहकारीमा व्यवस्थित भवन नहुँदा दाना चोकर भण्डारणमा समस्या परेको थियो । सहकारीले ४३ लाख ६८ हजारको लागतमा १३ सय स्क्वाएर फुटको भवन बनाउन लागेको हो । जसमा भरतपुर महानगरपालिकाको सहकारी महाशाखाले १० लाख रुपैयाँ सहयोग गरेको छ । बिगत २० वर्ष अगाडि स्थापना भएको सहकारीमा प्रेमबस्ती क्षेत्रका दैनिक तीन सय लिटरसम्म दूध उत्पादन गर्ने फार्म रहेको सहकारीले जनाएको छ । सहकारीले पशु आहारहरु संकलन र बिक्री वितरण, पोषिलो घाँसको उत्पादन, मलमूत्रको व्यवस्थापन, पशुहरुको उपचार, संरक्षण र नश्ल सुधारमा किसानमुखी कार्यक्रमहरु कार्यान्वयनमा ल्याउने तयारी गरेको जनाएको छ । भवन शिलान्यस कार्यक्रम संस्थाका अध्यक्ष केशव पण्डितको अध्यक्षतामा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>