Breaking News

दाउन्नेमा पहिरोसंगै रुख ढल्दा बाटो अवरुद्ध, कार र ट्रकमा क्षति

Banner

नवलपुर, असार ३०–

पूर्वी नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) विनयीत्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा पहिरो खस्दा बाटा अवरुद्ध भएको छ ।

आज (मंगलबार) विहान ५ बजेको समयमा खसेको पहिरो र पहिरोसंगै ढलेको रुखका कारण राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले नारायणी अनलाइनलाई जानकारी दिएको छ । प्रहरीका अनुसार पहिरो भन्दा रुखले गर्दा बाटोमा समस्या ल्याएको छ । रुखले दुई वटा सवारीमा समेत क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा १४ च ७०२० नम्बरको कार र विपतरीत दिशातर्फ जाँदै गरेको ना ६ ख १५५९ नम्बरको ट्रकमा क्षति पुगेको छ ।

अहिले सो ठाउँमा पहिरो र रुख पन्छ्याउने काम भइरहेको र बाटो दुईतर्फी संचालनमा ल्याउन केही समय लाग्ने प्रहरीले जनाएको छ । यसअघि सोही ठाउँमा गयराती पनि पहिरो खसेको थियो । त्यसक्रममा बाटो एकतर्फी संचालनमा थियो । विहान पुनः पहिरो खसेपछि बाटो पूर्णरुपमा अवरुद्ध बनेको हो ।

तस्विरः गोविन्द घिमिरेको फेसबुकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>