Breaking News

देवचुलीका थप ७ जनामा कोरोना संक्रमण पुष्टि

Banner

नवलपुर, असार १९–

पूर्वीनवलपरासीको देवचुलीका थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा आज (शुक्रबार) गरिएको परीक्षणमा दुई महिलासहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाकी प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

संक्रमितहरु मध्ये तीन जना देवचुली नगरपालिका वडा नं.१६ का र अन्य वडा नं.३, ८, १४ र १७ का रहेका छन् ।

संक्रमित पुरुषहरु २० देखि ४२ वर्ष उमेर समूहका छन् भने संक्रमित महिलाहरु २५ र ३० वर्षका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>