नवलपुर

नवलपुरको गैँडाकोटमा प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन

Banner

गैडाकोट,असार १९-

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै आज पूर्वी नवलपरासीको गैँडाकोटमा युवा तथा विद्यार्थीले प्रदर्शन गरेका छन् । पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थक युवा विद्यार्थीले दुवै पदबाट ओलीलाई हटाउन नहुने भन्दै गैँडाकोटको भृकुटीचोकमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’,ओली सिध्याउन किन यत्रो जोड भारतिय विस्तारबाद नेपाल छोड जस्ता नारा नारा अंकित प्ले कार्ड बोकेर प्रर्दशन गरेका थिए ।

प्रर्दशनको नेतृत्व गरेका राष्ट्रिय युवासंघ नेपालका जिल्ला संयोजक कृष्ण कंडेलले देश कोरोना महामारीविरुद्ध लडिरहेको अवस्थामा सरकारलाई सहयोग गर्नुपर्ने बताए ।उनले ओली नेतृत्वको बर्तमान सरकारले पुरा समय काम गर्न पाउनु पर्ने भन्दै सरकार ढाल्नका लागी देशी विदेशी तत्वहरु सकृय रहेकोले खवरदारी गरिएको बताए ।

प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपाका युवा नेता गिरिराज उपाध्यायले पार्टी भित्रैका कतिपय नेताले ओली सरकार गिराउन षडयन्त्र गरेको भन्दै त्यसको खवरदारी आवश्यक रहेकोमा जोड दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>